१५ चैत्र २०८०, बिहीबार

झिनो मतले एमाले उम्मेदवार अगाडि उदयपुर २ मा, खड्काको अग्रता पछ्याउँदै मन्जु १ मा

pur

उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी २५ मतले अघि छन् । उम्मेदवार रायमाझी सुरुवाती झिनो मतान्तरले अग्रता छन् । ४ हजार एक सय ३० मत गणना हुँदा रायमाझीले १ हजार २ सय ३६ मत पाएका छन् ।

उनलाई पछयाउँदै स्वतन्त्र उम्मेदवार रामकुमार राईले १ हजार २ सय ११ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उपमहासचिब जगनाथ खतिवडाले ९ सय ७७ मत पाएका छन् । त्यहाँ ४५ हजार २०३ मत खसेको छ ।

नारायण खड्काको अग्रता, पछ्याउँदै मन्जु

उदयपुरको प्रनिनिधि सभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन् ।

खड्काले ६८४ मतसहित अग्रता लिएका हुन् । उनलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले ६६४ मतसहित पछ्याइरहेकी छन् । अहिलेसम्म १ हजार ७ सय १ मत गणना भएको बताइएको छ ।