४ बैशाख २०८१, मंगलवार

उपेन्द्र यादवले बोलाए आफू निकटका सांसद तथा कार्यकारिणी सदस्यको बैठक

Upendra yadav
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएका छन् ।

सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयन लगायतका विषयमा छलफल गर्न पार्टीको अनौपचारिक बैठक बोलाएको बताइएको छ ।