१४ बैशाख २०८१, शुक्रबार

कोराना संक्रमणबाट रौतहटमा एक स्वास्थ्यकर्मीसहित ३ को मृत्यु

corona death
फाइल फोटो

रौतहटमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने स्वास्थ्यकर्मीमा माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुर रहेका छन् । कोभिड–१९ बाट संक्रमित भई नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा ४८ बर्षिय उनको गएराति मृत्यु भएको रौतहटका सिडियो इन्द्रदेव यादवले बताए । त्यस अघि बृन्दाबन घर भएका स्वास्थकर्मी रवि यादवको पनि तराई अस्पताल वीरगंजमा उपचारको क्रममा २ दिन अघि मृत्यु भएको थियो ।

यसैगरी कोरोनाकै कारण चन्द्रपुरका ४० बर्षिय धरम राम र फतुवा विजयपुरका ४० वर्षीय अवध बिहारी राउतको पनि शुक्रबार साँझ उपचारको क्रममा भवानी अस्पताल वीरगंजमा मृत्यु भएको सिडियो यादवले बताए । यसका साथै रौतहटमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।