७ बैशाख २०८१, शुक्रबार

सिरहामा जेठ २१ गतेसम्म निषेधाज्ञा

siraha cdo office

सिरहामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको शनिबारको निर्णयले शनिबार राति १२ बजेदेखि लागू हुने गरी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए । सिरहासहित प्रदेश २ का आठै जिल्लामा निषेधाज्ञा जारी भएको छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्दै गएकाले सप्तरी र बाराले अर्काे सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने आदेश जारी गरेका छन् ।

केही जिल्लाले क्रमशः निषेधाज्ञा लम्व्याउँदै लगेका छन् । रौतहटमा जेठ ७ गते राति १२ बजेसम्मका लागि र पर्सामा जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । धनुषा, महोत्तरी र सर्लाहीमा यसअघि नै जेठ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।