१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिमवासीले बाच्न नपाए ठुलो विद्रोह हुनसक्छ : जोशी

ok2021 05 15 12 31 52

सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले सुदूरपश्चिमवासीले सहज रुपमा उपचार नपाए विद्रोह हुने बताएका छन्।

कोरोना संक्रमित अक्सिजन नपाएर तड्पिदै ज्यान गुमाइरहेका बेला जोशीले सुदूरपश्चिमबासी विद्रोहमा उत्रिने चेतावनी दिएका हुन् ।

सामाजिक सन्जालमा शनिबार बिहान एक स्ट्याट्स लेख्दै उनले अस्पतालमा अक्सिजन जुटाउन कसैले पहल नगरेको दुखेसो पोखे ।

‘सुदूरपश्चिम प्रदेशको एक मात्र ३० लाख जनताको आशा र भरोसाको केन्द्रबिन्दु सेती प्रादेशिक अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि बारम्बार विभिन्न तहका सरकार र राजनीतिक दलका नेतृत्वसँग अनुरोध गर्दापनि हालसम्म कुनै ठोस परिणाम नदेखिएकोले सुदूरपश्चिमवासीको बाच्न पाउने अधिकार सुरक्षित भएन भने ठुलो बिद्रोह हुनसक्छ’ उनले लेखेका छन्।

Capture 1

    सम्बन्धित समाचार...