१४ बैशाख २०८१, शुक्रबार

पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर, अदालतबाट पाए सफाइ

d

पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ।

जबरजस्तीकरणी उद्योगको मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले महरालाई सोमवार सफाइ दिएको हो ।

आइतबार महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए ।

“म त्यो दिन तीनकुनेस्थित कोठामा जाँदै गएको थिइनँ, र निवेकलाई पनि कुटपिट गरेको होइन भन्ने महराको बयान छ,” अदालत स्रोतले भन्यो,“निवेदकको बयान पनि महरा कोठामा नआएको र कुटपिट नगरेको भन्नेनै रहेको छ ।”

चश्माको खोल र जुत्ता पनि महराकै हो भन्ने पुष्टि नभएको फैसलामा उल्लेख गरिएको स्रोतले जानकारी दियो ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले निर्दोष ठहर गरेसँगै महरा जेलमुक्त हुने भएका छन् । गत कात्तिकदेखि महरा डिल्लिबजार कारागारमा थुनामा छन् ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते यौन दुर्व्यवहार गरेको अभियोग महरामाथि लागेको थियो।

अभियोग लागेसँगै महराले सभामुख पद पनि गुमाए। पुर्पक्षका लागि उनलाई काठमाडौं जिल्ला अदालतका न्यायधीश सुदर्शनराज पाण्डेको एकल इजलासले तत्काल प्राप्त प्रमाणको आधारमा १८ कात्तिकमा कारागार पठाएको थियो।

प्रमाणको रूपमा भने रोशनीको कोठामा फेला परेको महराले लगाएको जुत्ताको तलुवा र फुटेको चस्मालाई मानिएको थियो।

यद्यपि, आदेश कानुनविपरीत भन्दै उनले पुस ५ गते पुनरावेदनका लागि उच्च अदालत पाटनमा निवेदन दिए। तर, उच्चले पनि जिल्ला अदालतकै आदेश सदर गरेपछि उनी कारागार पुगेका थिए।