१५ चैत्र २०८०, बिहीबार

रक्तदानपछि बिस्कुट नदिएको रिसमा एक युवकले यति सम्म गरे….

blood donation

विश्व रक्तदान दिवसको अवसरमा भारतको छत्तीसगढमा एउटा अचम्मलाग्दो घटना घटेको छ ।

रक्तदान कार्यक्रममा सहभागी एक युवकले आफूले दान गरेको रगत आफै पिएका छन् । छत्तीसगढ निवासी छुट्टन पाण्डे नाम गरेका युवकले रक्तदान गरे बापत बिस्कुट नपाएपछि यस्तो कार्य गरेका हुन् । प्रायजसो ठाउँमा रक्तदान गरेका मानिसहरुलाई जुस अथवा बिस्कुट दिने गरिन्छ ।

बिस्कुट खाने लोभमा रक्तदान गर्न पुगेका पाण्डेले बिस्कुट नपाएपछि रिसको झोकमा आफ्नै रगत पिएका हुन् । उनको यस्तो कार्यले कार्यक्रममा सहभागी स्वयमं सेवक र मानिसहरु आश्चर्यमा परेका थिए ।

मानिसहरुको यस्तो किन गरेको भन्ने प्रश्नमा उनले जवाफ दिँदै भने, ‘पार्ले जी बिस्कुट मलाई धेरै नै मनपर्छ र आज बिहान बिस्कुटको लागि मैले ब्रश नगरेर नै रगत दान गर्न आएको थिए।’

आफूलाई बिस्कुटको नाममा धोका दिइएको उनले बताए । भावुक हुँदै उनले भने, ‘रगत त म आफैलाई आवश्यक छ । तर मलाई बिस्कुटको नाममा धोका दिइयो । मैले बाल्यकालदेखि नै अरुलाई ठग्न सिकेको थिएन, कसैको लेखा राख्दिन, त्यसैले मैले आफ्नो रगत पनि फिर्ता लिएँ।’ ऐजेन्सी