१३ बैशाख २०८१, बिहीबार

महराका स्वकीय सचिवले छोडे माओवादी

Pramod sharma

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन् ।

माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्षसमेत रहेका शर्माले माओवादी पार्टी परित्याग गरेको घोषणा मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् ।

उनले लेखेका छन्, ‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र)को साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भुमिकामा आफूलाई उभ्याउने छु ।’

उनले माओवादी त्यागेको घोषणा गरेपछि माओवादी वृतमा हलचल पैदा भएको छ । शर्मा महरा पछिल्लोपटक सांसद भएसँगै उनको स्वकीय सचिव रहँदै आएका थिए ।

उनी माओवादी वृतमा भद्र र शालीन नेताका रूपमा परिचित छन् । उनका जेठा दाइले माओवादी युद्धमा ज्यान गुमाएका थिए । उनका सबै परिवार पूर्णकालीन माओवादी हुन् ।

276304305 1640275109658230 6833431893066583782 n