७ बैशाख २०८१, शुक्रबार

ट्याक्सी हाँकेर गुजारा चलाउदै अफगानिस्तानका पूर्वअर्थमन्त्री

Afghanistan Former Finance Minister

अफगानिस्तानका पूर्वअर्थमन्त्री खालिद पेयन्दाले अमेरिकी सहर वासिंगटनमा ट्याक्सी हाँकेर गुजारा चलाउने गरेका छन् । अगस्टमा तालिवानले सत्ता कब्जा गर्नु एक साताअघि एउटा सार्वजनिक कार्यक्रममा तत्कालीन राष्ट्रपति असरफ गनीले आलोचना गरेपछि उनले राजीनामा दिएका थिए ।

वासिंगटन पोस्टमा प्रकाशित एउटा रिपोर्टअनुसार ४० वर्षीय पेयन्दाले ६ घन्टामा १५० डलर भन्दाबढी कमाउँछन् । अमेरिका पुगेपछि पेयन्दाले आफ्नो परिवारसँग पुनर्मिलन भएको बताएका थिए ।

कुनै बेला उनले अमेरिकाले अफगानस्तिानलाई सहयोग प्रदान गरेको ६ अर्ब डलर रकमको व्यवस्थापन गरेका थिए ।

राजधानी काबुलबाट वासिंगटनसम्मको आफ्नो सङ्क्रमणकालीन अवधिलाई पेयन्दाले ‘बिल्कुल परिवर्तन’ भनेका छन् । काबुल ढलेको महिनौँपछि पनि पेयन्दाले प्रजातान्त्रिक ढंगले निर्वाचित सरकार चाँडो पतन हुनुमा आफ्ना सहकर्मीसँगै आफू पनि जिम्मेवार रहेको बताउँछन् । उनी भन्छन्, ‘सुधार गर्ने र गम्भीर बन्ने सामूहिक इच्छा थिएन् ।

देश तालिबानलाई सुम्पिएकोमा उनले अमेरिकाकोसमेत आलोचना गरे ।

khalid

बोनसका लागि संघर्ष

वासिङ्टन डीसीमा गुमनाम जीवन जिउँदै आएका खालिद पायन्दा केही दिनयता सञ्चारमाध्यममा चर्चामा छन्।

चर्चित अमेरिकी पत्रिका ‘वासिङ्टन पोस्ट’ले उनको जीवन संघर्षलाई लिएर शनिबार एउटा समाचार छापेको छ।

उनले केही डलरका लागि आफूले संघर्ष गर्नुपरिरहेको बताएका छन्। बोनस पाउने आशमा आफूले मिहिनेतमा कुनै कमी नगरेको बताइरहेका छन्।

‘अबका दुई दिनमा मैले ५० ट्रिप पूरा गर्नुछ। त्यसपछि मलाई ९५ डलरको बोनस मिल्नेछ। घरमा पत्नी र चार छोराछोरी छन्। केही बचत थियो। अहिले त्यसबाटै काम चलाइरहेको छु’, उनले वासिङ्टन पोस्टसँग भनेका छन्, ‘मेरो देश अफगानिस्तानमा अवस्था दर्दनाक छ। महामारी त थियो नै अब सुख्खा पनि लागेको छ। विश्वले अनेकन प्रतिबन्ध लगाइदिएका छन्। अर्थतन्त्र बर्बाद भइसकेको छ। तालिबानले महिलाको जिन्दगी बर्बाद गरिदिएका छन्।’

जो बाइडेनले अफगानिस्तानमा तालिबानी कब्जाको दोष त्यहीँको सरकारमाथि थोपरिदिएका थिए। उनले भनेका थिए, ‘हामीले अफगानिस्तान सरकारलाई हरेक कुरा उपलब्ध गराइदिएका थियौँ। हर मौका दियौँ ताकि आफ्नो भविष्य सुन्दर बनाउन सकुन्।’

तर तालिबानले अफगानिस्तान कब्जा गरिदिएपछि अमेरिका भासिएका खालिद भन्छन्, ‘कुनै बेला म अन्तर्राष्ट्रिय समुदायका कार्यालयमा अतिथिका रुपमा बस्थेँ। अब यहाँ यात्रुलाई बोक्ने ओराल्ने काम गरिरहेको छु।’

तर उनै खालिद अहिले घर घाटका भएका छन्। न देश फर्किने अवस्था छ न अमेरिकामा बाँच्न सजिलो।

‘मेरो जिन्दगीको एक समय अफगानिस्तानमै गुज्रियो। अहिले म अमेरिकामा छु। सत्य भन्दा अब म कहीँको पनि रहिँन। मेरो देश फर्किन सक्दिन, यहाँ मेरो कुनै ठेगाना छैन। आज मलाई चार डलरको टिप्स मिलेको छ।’

खालिदले तालिबानी कब्जाको केही दिनअघि अफगानिस्तानको अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए। ‘लेबनानको एक कम्पनीको भुक्तानी हुन सकेको थिएन। त्यहीकारण राष्ट्रपति घनी मसँग असन्तुष्ट थिए। उनले मलाई एकदमै धेरै गाली गरेका थिए।’

यसरी छाडे देश

पायन्दाका परिवार अगस्तको पहिलो सातामै अफगानिस्तानबाट अमेरिका पुगेको थियो। उनी १५ अगष्टअघिनै वासिङ्टन छिरिसकेका थिए।

‘विश्वले हामीलाई २० वर्ष दियो। हरेक किसिमका मद्दत पनि तर दुर्भाग्य हामी असफल रह्यौँ। भ्रष्टाचारका कारण हाम्रो शासन व्यवस्था तासको घर जस्तै ढल्यो। साँचो त यो हो कि हामीले हाम्रा जनतालाई धोका दियौँ’, उनले भने, ‘मन्त्रीहरुलाई थाहा थियो, तालिबानले देशमा कब्जा गर्नेछन्। उनीहरु ह्वाट्स एपमा देश छोड्ने सन्देश आदान प्रदान गरिरहेका थिए।’

खालिदका अनुसार अब उनी अफगानिस्तान फिर्ता जान सक्दैनन्। अमेरिकामा पनि कहिलेसम्म बस्न पाउँछन्, त्यसको कुनै टुंगो छैन।

Khalid Payenda taxi driver

घाउ कोट्याउनु

आखिर अफगानिस्तानमा के भएको थियो? यसबारेमा खालिद भन्छन्, ‘यो कुरा घाउ कोट्याउनु जस्तै हुन्छ।’ खास कुरा त अहिले मोहम्मद उमर तालिबान शासित अफगानिस्तानका अर्थमन्त्री छन्, उनी खालिदका बाल्यकालका साथी हुन्।

कुनै बेला पाकिस्तानमा समय बिताएका खालिदले अफगानिस्तानमा पहिलो निजी विश्वविद्यालय बनाएका थिए। उनी अहिले पनि मान्छन् अफगानिस्तानमा लोकतन्त्र, महिला अधिकार र मानवाधिकारको लामो लडाइँ लड्यो।

सन् २००८ मा खालिद पहिलो पटक अमेरिका गएका थिए। अमेरिकाको आग्रहमै अशरफ घनीले सन् २०१६ मा उनलाई अर्थ राज्यमन्त्री बनाएका थिए।

काबुलमा उनकी आमा कोरोनाका कारण बितेकी छन्। त्यसबेला तालिबान तीव्र गतिमा बढिरहेकाले उनका साथी र पत्नीसमेत खालिद मन्त्री भएको हेर्न चाहँदैन थिए।

    सम्बन्धित समाचार...