६ बैशाख २०८१, बिहीबार

नेपाली ठिटो दिवेश पोखरेल ‘अमेरिकन आइडल’ शीर्ष २० मा छानिए

dibesh pokharel

अमेरिकन आइडलमा नेपाली ठिटो दिवेश पोखरेल छनोट भएका छन् । अमेरिकन आइडलको मञ्चमा अडिसन दिन पुगेका उनी अघिल्लो चरणका लागि छनोट भएका हुन् ।

उनी अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष २० मा पुगेका हुन् । केही वर्षयता अमेरिकामा बस्दै आएका दिवेशले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् । उनले युट्युब प्लेटफर्ममा ‘अर्थर गन’(https://www.youtube.com/channel/UCAE392C3hYv6oLIkkjsaUWw) को नाममा अङ्ग्रेजी र नेपाली गीत अपलोड गर्ने गरेका छन् । पप शैलीका गीत गाउन रुचाउने दिवेश अमेरिकन आइडलमा छानिएपछि उनको थप चर्चा चुलिएको हो ।

काठमाडौंमा जन्मिएका २१ वर्षीय दिवेशले अडिसनमा दुईवटा गीत गाएका थिए । सुरुमा बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ गाएका थिए भने जर्जको आग्रहमा उनले क्रिडेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यु एभर सीन द रेन’ बोलको गीत गाएका थिए ।

उनको प्रस्तुतीबाट खुसी भएका जर्ज गायक तथा गीतकार लियोनेल रिचीले उनलाई स्टेजमै गएर अँगालो हाल्दै बधाई दिएका थिए ।

अर्का निर्णायक लुक ब्रायनले उनलाई ‘अद्वितीय कलाकार’ बताउँदै अमेरिकन आइडलमा आएकोमा धन्यवाद दिएका छन् ।

केटी पेरीले उनलाई ‘रक स्टार’ को संज्ञा दिँदै उनलाई कार्यक्रममा देख्न पाउँदा निकै उत्साहित भएको बताएकी छिन् । उनलाई निर्णयकहरुले अघिल्लो चरणका लागि छनोट गरेका छन् ।

Luke Bryan Asks Arthur Gunn to Open For Him in Detroit – American Idol 2020

He really is "di-besh."

Posted by American Idol on Sunday, February 16, 2020

अडिसन अघि उनीबारे दिइएको परिचयात्मक भिडियोमा उनले आफू नेपाली भएको र त्यो आफ्ना लागि गौरवको विषय भएको बताएका छन् । भिडियोमा उनले नेपाललाई निकै सुन्दर देशको रुपमा पनि चिनाएका छन् ।

उनले भनेका छन्, ‘नेपालमा जताततै हिमाल, पहाड देख्न सकिन्छ । यहाँका सबै मानिस निकै मिलनसार हुनुहुन्छ । हो, यो निकै उत्कृष्ट स्थल हो ।’

नेपालमा प्लस टु पास गरेपछि आफू अमेरिका हानिएको पनि उनले बताए । अमेरिकालाई उनले अवसरहरुको महान् भूमि बताएका छन् ।

हेर्नुहाेस् पुरा भिडियाे