१३ बैशाख २०८१, बिहीबार

अमेरिकन आइडल उपविजेता बने दिबेश पोखरेल

American idol 2020

अमेरिकन आइडलको १८ औं संकरणमा दिवेश उपविजेता बनेका छन । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका प्रस्थान गरेका थिए ।

२० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी आफैं गीत रचना, संगीत तथा गाउने गर्छन् । उनले आफ्ना गीत तथा सिर्जना आफ्नै यु–ट्युब च्यानल आर्थर गनमार्फत सार्वजनिक गर्दै आएका छन् ।

उत्कृष्ठ पाँचमा परेका दिवेश भोटका आधारमा दोस्रो भएका हुन् । फाइनलमा दिएको प्रस्तुतिका आधरमा दुई घण्टामा प्राप्त भोटका आधारमा विजेता चयन गरिएको थियो ।

हार्लेम्, न्यू योर्क का “स्याम (समान्था डियाज्)” ले दिबेश लाई भोटिङमा पछी पार्दै २०२० को अमेरिकन आइडल संस्करण जितेकी हुन् ।