१३ बैशाख २०८१, बिहीबार

लकडाउनमा सेनाको पोशाक लगाएर हिँड्ने ‘भगौडा’ सेना पक्राउ

army

लकडाउनमा सैनिक पोशाक लगाएर हिँड्ने एक जना गैरसैनिक पक्राउ परेका छन्।

नेपाली सेनाले सैनिक पोशाक दूरुपयोग गरेको आरोपमा सेनाका एक भगौडालाई पक्राउ गरेको छ।

सैनिक पोशाक दूरुपयोग भएको सूचनाका आधारमा सेनाले गरेको चेकजाँचको क्रममा दोलखा जिल्ला घर भई हाल बाँसबारी ईलाकामा होटल व्यवसाय गर्दै आएका शुशिल खड्का पक्राउ परेका हुन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौं बाँसबारीमा बस्दै आएका सुशील खड्का रहेका छन्।

अनुसन्धानको सिलसिलामा उनी नेपाली सेनाको सैन्य आधार तालिममा रहँदा २०६८ सालमा भगौडा परेको खुल्न आएको जंगी अड्डाले जनाएको छ।

उनलाई बाँसबारीतर्फ जाँदै गरेको बेला ट्राफिक प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जंगी अड्डाले जनाएको छ। उनी २०६८ सालमा सैनिकमा भर्ती भएर तालिमकै क्रममा भागेको भगौडा रहेको पाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

उनलाई सैनिक प्रहरी गणमा निगरानीमा राखी आवश्यक कारवाही अघि बढाएको पनि नेपाली सेनाले जनाएको छ।

सैनिक व्यक्तिहरुको हिँडडुलमाथि निगरानी तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिन भन्दै सेनाले आइतबार काठमाडौं उत्यकामा जाँच गरेको थियो। सोही क्रममा खड्का पक्राउ परेका हुन्।