१४ बैशाख २०८१, शुक्रबार

दिवेश अमेरिकन आइडलको उत्कृष्‍ट ७ मा

american idol

अमेरिकन आइडलको १८ औं संस्करणको उपाधि यात्रामा भोटिङ को आधारमा उत्कृष्ट ११ बाट दिबेश पोखरेल उत्कृष्ट ७ मा पुगेका छन । उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा हिजो, २८ वैशाखमा सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो।

कोभिड–१९ का कारण दुई सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिँदैछ।

सन् २०१३ देखि अमेरिकामा बस्दै आएका पोखरेलले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा ‘आर्थन गन’ को नामले प्रतिस्पर्धा गर्दै आएका छन्।

पोखरेलको भोटिङ्ग कोड १६ रहेको छ। अमेरिकन आइडलमा एसएमएस, अमेरिकन आइडलको वेबसाइट र अमेरिकन आइडलको एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था मिलाएको छ। तीनवटा माध्यमबाट एकजनाले १० पटक गरेर ३० भोट गर्न सकिन्छ।