१४ बैशाख २०८१, शुक्रबार

उपत्यकामा सवारी पास वितरण पनि खुकुलो पारियो

IMG 8548

सरकारले लकडाउन केही खुकुलो पारी वित्तीय संस्था, उद्योग कलकारखाना खुला गरेसँगै उपत्यकाभित्र सवारी पास वितरणमा पनि केही खुकुलो नीति ल्याइएको छ ।

यसअघि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट मात्र पास जारी हुने गरेकोमा अब सम्बन्धित मन्त्रालय तथा अन्य निकायका तोकिएका अधिकारीबाट समेत सवारी पास जारी गर्ने निर्णय भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आज उपत्यकाका तीनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य, आपूर्ति तथा उपाभोक्ता हित संरक्षण विभाग तथा उद्योग विभागका प्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिसमेतको बैठकले सो निर्णय गरेको हो ।

sabari pass kathmandu
sabari pass kathmandu 1