१५ बैशाख २०८१, शनिबार

शोलो रिलिजमा लब डायरिज

love diaries 1

नव निर्देशक सौरभ चौधरिको लेखन तथा निर्देशनमा बनेको फिल्म लब डायरिज (आज) शुक्रबारबाट शोलो प्रदर्शनमा आएको छ । लामो समयको पोष्टपोण्डपश्चात फिलम प्रदर्शनमा आएको हो ।

यस फिल्ममा शुशील श्रेष्ठ ,रुबिना थापा, बिश्वजित रिमाल, बिष्णु सापकोटा, लगायतका कलाकारहरुको अनिय भरहेको छ । रुविना र विश्वजितको यो डेब्यृ फिल्म रहेको छ ।

रोमान्टिक तथा कमेडि जनरको फिल्मको निर्मातामा बिनोद सापकोटा सह निर्मातामा सरोज तुलाधार रहेका छन ।

त्यस्तै फिल्मको छायाँकन सन्जय लामा , सम्पादन दिर्घ खडका र मिलन श्रेष्ठको रहेको छ यस फिल्मलाइ बितरकको जिम्मा उपत्यकामा रिच इन्टरटेनमेन्ट अन्तर्गत करण श्रेष्ठले र उपत्यका बाहिर जिजिए ग्रुप र एफडि कम्पनिले लिएका छन । केहि फिल्महरु असफल भएपश्चात निराश बनेका अभिनेता शुशील श्रेष्ठ यस फिल्मले सफलता पाउनेमा आशाबादी देखिएका छन ।