१५ बैशाख २०८१, शनिबार

आखिरिमा लड्या रै छन् देशै लुट्ने खेलमा : पशुपति शर्मा

Jata Ni Chor

देशकालागी लडेँ भन्छन्, बसेँ भन्छन् जेलमा,
आखिरिमा लड्या रै छन् देशै लुट्ने खेलमा
साला साली काका भतिज इन्का इष्टमित्र
ए कति छिटै सेटिङ गर्छन यिनले भित्र भित्र आ.. हाहा
जता नि चोर
जता नि चोर जेठा
जता नि चोर

चर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग-२ गीत ल्याएका छन् ।

जता नी चोर…बोलको शर्माको गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक भएको हो ।

उनले यसअघि ल्याएको “लुट्न सके लुट” गीतका केही दृश्य र शब्दका कारण विवादति बनेको थियो । जता नी चोर गीतको रचना संगीत पनि गायक शर्मा आफैंले गरेका हुन् । एरेन्ज केशब बडुले गरेका छन् ।

यस गीतमा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिको कुरा उठाएका छन् । उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्ति आदिलाई पनि ब्यङ्ग्य गरेका छन् ।

उनले अहिलेका शासक पनि राजा जस्तो भएको गीत मार्फत बताएका छन् । साथै उनले महाराज बन्न खोजे ढोगी बस्न नसकीने भन्दै नेताहरुलाई सचेत गराएका छन् । शर्माको गीतमा काँग्रेसका स्थापक नेता स्वर्गीय बीपी कोइराला र तत्कालीन एमालेका महासचिव स्वर्गीय मदन भण्डारीका कार्यकर्तालाई पनि गीतमार्फत झटारो हानेका छन् ।

शर्माले उनीहरुले देश लुटेर खायो नभनेको कुरा गीतमा व्यक्त गरेका छन् । भ्रष्टको सात पुस्तालाई पनि राम्रो नहोस् भनेर कुरा गीतमा भनिएको छ । शर्माले युवाको बानी व्यवहारप्रति पनि गीतमा कटाक्ष गरेका छन्  भने अन्तिममा उनले नेपाल भ्रमण वर्षलाई सबै मिलेर सफल बनाउन आह्वानसमेत गीतमार्फत गरेका छन् ।

समय सान्दर्भिक विषयवस्तुलाई लोक भाकामा ढालेर गीत बनाउने पशुपति शर्मा गत सालको चर्चिच गीत लुट्न सके लुट गीत कै भाग दुई रहेको उल्लेख गरेका छन् । उक्त गीतका केही शब्द र भिडियोका दृश्यमा सत्तारुढ दल नेकपाका केही व्यक्तिले आपत्ति जनाएपछि उक्त गीतको पक्ष विपक्षमा ठूलो वादविवाद चलेको थियो । सामाजिक सञ्जालमा मात्रै नभएर सडक, सदनसम्म उनको गीतले चर्चा पाएको थियो ।

    सम्बन्धित समाचार...