१३ बैशाख २०८१, बिहीबार

लब डायरिजको ‘अधुरो लाग्छ’ सार्वजनिक

maxresdefault

नव निर्देशक सौरभ चौधरिको निर्देशनमा बनेको फिल्म लब डायरिजको तेस्रो गीत सार्वजनिक गरिएको छ ।

अधुरो लाग्छ मेरो जिवन बोलको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर प्रबिन पौडेलको सँगित तथा मानसबिक्रम थापाको शब्द रहेको छ । गीतमा फिल्मका मुख्य कलाकारहरु शुशिल श्रेष्ठ रुबिना थापा र बिश्वजित रिमाल फिचर्ड छन ।

रोमान्टिक शैलिको गीतमा निर्देशक चौधरीकै कोरियोग्राफि रहेको छ ।

नेपालमा फागुनको २ बाट प्रदर्शनमा आउने यस फिल्म शोहि दिनबाट अष्ट्रोलियाको मेलबर्नस्थित चाइना टाउन सिनेमामा प्रदर्शन हुने कुरा फिल्मका निर्माण टिमले जानकारी दिएका छन । साथै अन्न्य देशहररुबाट फिल्मको उच्च माग भइरशेको पनि बताइएको छ ।

लबस्टोरी जनरमा बनेको फिल्ममा शुशिल र रुबिना बिश्वजित सँगै बिष्णु सापकोटा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

इसटर इन्टरटेन्मेन्टको व्यानरका निर्माण भएको फिल्मको निर्माण टिम फिल्मको रिलिज मिति नजिकिएसँगै प्रचारमा ब्यस्त रहेका छन । यस फिल्मको निर्मातामा बिनोद सापकोटा सह निर्मातामा सरोज तुलाधार रहेका छन । भने छायाँकनमा सन्जय लामा र सम्पादन दिर्घ खडका र मिलन श्रेष्ठको रहेको छ ।

यस फिल्मलाइ बितरकको जिम्मा उपत्यकामा रिच इन्टरटेनमेन्ट अन्तर्गत करण श्रेष्ठले र उपत्यका बाहिर जिजिए ग्रुप र एफडि कम्पनिले लिएका छन ।