१४ बैशाख २०८१, शुक्रबार

तेस्रो एफ एल एफ अवार्ड सम्पन्न

flf award

लिम्बु भाषाको सस्कृति कला साहित्य आदिको बिकास गर्ने उदेश्यले गत तिन बर्षदेखि हुदै आइरहेको एफ एल एफ अवार्ड अर्थात तेस्रो फाल्गुनन्द लिङदेल फिल्मस अवार्ड राजधानिको राष्ट्रिय नाचघर जमलमा सोमबार सम्पन्न गरिएकोे छ । पुर्व प्रधानमन्त्रि तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपाली फिल्मसँग सम्बन्धित बिभिन्न सँघ सस्थाका प्रतिनिधि फिल्मकर्मी सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

flf award rai

फाल्गुनान्द फिल्मसको आयोजना तथा नेपाल चलचित्र युवा मञ्चको सह आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्ष्यता दिनेश लिङदेल रहेका थिए । कार्यक्रममा लिम्बु फिल्मस र म्युजिक भिडियो गरी २५ बिधामा अवार्ड बितरण गरिएको थियो । साथै कार्यक्रममा लिम्बु सिनेमा क्षेत्र तथा गीतसँगितको क्षेत्रमा लामो समयदेखि योगदान दिदै आएका अग्रजहरुलाइ सम्मान समेत गरिएको थियो ।

एफ एल एफ अवार्ड कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका पुर्व प्रधानमन्त्रि तथा नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले यसरि लिम्बु जातिकोे भाषा सस्कृति र परम्परालाइ बिकास बिस्तार गर्ने उदेश्यका हरेक बर्ष गरिएदै आइरहेको एफ एल एफ अवार्डलाइ शुभकामना दिएका थिए ।