७ बैशाख २०८१, शुक्रबार

माइकल अधिकारीको गीत छायाँकन हुदै

michael adhikari

रन्जित रौनियारको निर्देशनमा बनिरहेको फिल्म माइकल अधिकारीको एक गीतको छायाँकन पुर्वी इलामको फिक्क्ल कजनि गाउमा भइरहेका छ । गीतमा फिल्मका कलाकारहरु सौगात मल्ल सृष्ठी श्रेष्ठ सुस्मा कार्कि यसराज गराच आशान्त शर्माले नाचिरहेका छन । फापरको रोटि मैदाको ममचा बोलको गीतमा रबि ओड र टिका प्रसाइको स्वर दयाराम पाण्डेको रचना शम्भुजित बास्कोटाको सँगित रहेको छ भने गीतको कोरियोग्राफी कबिराज गहतराजले गरिरहेका छन । फिल्ममा सुस्मा र यसराज अतिथि कलाकार हुन ।

michael adhikari new song

गोपिकृष्ण मुभिजको ब्यानर तथा उद्धब पौडेल प्रस्तुतकर्ता रहेको फिल्मले सेरोगेशिको कथालाइ प्रस्तुत गर्दछ । कमेडी जनरको यस फिल्मको अन्य कलाकारहरुमा एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, ब्रीटेनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समुह परिवर्तन थिएटरका कलाकारको अभिनय रहेको छ ।

त्यस्तै फिल्मको निर्मातामा निरक पौडेल हुन् । फिल्ममा राजु बिक्रम थापाको छायाँकन, निर्देशक रञ्जितकै कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा र सम्बाद, निलेश सिंहको संगीत कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

माघको १ बाट छायाँकन सुरु गरिएको फिल्मको छायाँकन ३५ दिनमा सक्ने लक्ष्य लिइएको छ भने फिल्मलाइ नेपालीबाहेक अन्य भाषामा डबिङ गरेर नेपाल सँगै बिभिन्न २२ देशमा प्रदर्शन गरिने कुरा निर्माण टिमले बताएका छन ।