७ बैशाख २०८१, शुक्रबार

कप्तान ज्ञानेन्द्र मल्लले बनाए अर्धशतक

gyanendra malla

आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत यतिबेला नेपाल र ओमान खेलिरहेका छन् ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आइतवार जारी खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन् । उनले ७० बल खेल्दै अर्धशतक बनाएका हुन् । त्यसक्रममा उनले ६ चौका र १ छक्का प्रहार गरे ।