७ बैशाख २०८१, शुक्रबार

अफगानी राष्ट्रिय क्रिकेट टोलीले टी २० विश्वकपमा भाग लिने

afganistan cricket team

अमेरिकी सेना फिर्ता भएको ४५ दिन नबित्दै अफगानिस्तान तालिबानको कब्जामा परेको छ । यससंगै सिंगै खेल जगतले अफगानी क्रिकेटको भविष्यको बारेमा चासो व्यक्त गरेको छ ।

तालिबानले अफगानिस्तान माथी कब्जा जमाएपछि अफगानी राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय टूर्नामेन्टमा भाग लिन्छ कि लिदैन भने अनेक अड्कल गरिएको छ ।

यस बर्ष अक्टोबरमा हुने आईसीसी पुरुष टी ट्वान्टी विश्वकपमा अफगानी राष्ट्रिय क्रिकेट टोलीले भाग लिन पाउँछ कि पाउँदैन भन्न्नेमा पनि शंका रहेको छ ।

तर, अफगानिस्तानमा संकट र उथलपुथल भएपनि, अफगानिस्तान क्रिकेट बोर्डले अफगानी राष्ट्रिय क्रिकेट टोलीले टी २० विश्वकपमा भाग लिने जनाएको छ ।

अफगानिस्तान क्रिकेट टीमका मिडिया प्रबन्धक हिकमत हसनले एएनआईसंग राष्ट्रिय क्रिकेट टोलीले टी ट्वान्टी विश्वकप खेल्ने जनाएका छन । साथै उनले टी ट्वान्टी विश्वकप खेल्नको लागी खेलाडी हरु तयारी गरिरहेका र उपलब्ध खेलाडीहरु अबको केहि दिनमा काबुलमा प्रशिक्षणमा फर्कने बताएका छन ।

हसनले भने, “हामी पहिले नै हम्बनटोटामा पाकिस्तानको बिरुद्ध खेल्नको लागी तैयार छौ र त्यो श्रृंखला पनि जारी छ। साथै, हामी घरेलु टी -२० प्रतियोगिता संगै अगाडि जाने योजना बनाइरहेका छौं जसले टी -२० विश्वकप अगाडी खेलाडीहरुको तयारीलाई बढाउनेछ।”

साथसाथै अफगानिस्तान क्रिकेट बोर्डले हाल अफगानिस्तान, अष्ट्रेलिया र श्रीलंका सहित एक त्रिकोणीय श्रृंखलाको लागी सम्भावित स्थलको खोजीगरिरहेको पनि बताएका छन्। “हामी श्रीलंका र मलेशिया जस्ता केहि देशहरु संग कुरा गरीरहेका छौं,” उनले भने।

हसनका अनुसार अफगानिस्तानका दुई ठूला स्टार राशिद खान र मोहम्मद नबी हाल बेलायतमा छन् जहाँ उनीहरु द हन्ड्रेडमा खेल्दैछन्। रशिद खान र मोहम्मद नबीसंग सम्बन्धित प्रश्नमा उनले भने:”हामी सधैं हाम्रा खेलाडीहरु र उनीहरुको परिवारलाई सहयोग गर्न तयार छौं । काबुलमा धेरै प्रभावित छैन र हामी अहिले अफिसमा फर्किसक्यौं, त्यसैले चिन्ता लिनु पर्ने केहि छैन।”