१४ बैशाख २०८१, शुक्रबार

काबुलमा विदेशमन्त्रालय बाहिर भएको आत्मघाती हमलाको निन्दा

f91bfaaf0f2534c4831423632beb2d4fe30da8f2 1053x897 1

अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा भएको पछिल्लो हमलाको निन्दा गरेको छ । ‘हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने । 

बुधबार भएको विस्फोटमा निधन हुनेको संख्या १० पुगेको छ । विदेशमन्त्रालय बाहिर आत्मघाती विस्फोट गराइएको थियो । विस्फोटमा ४० जना घाइते भएका थिए । घटनाको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ ।