११ बैशाख २०८१, मंगलवार

शक्तिशाली भूकम्प अफगानिस्तानमा: २६ को निधन, दर्जनौं घाईते

afgan

अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा २६ जनाको निधन भएको छ । पश्चिमी अफगानिस्तानमा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प जाँदा अन्य दर्जनौँ घाइते भएका छन् । भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ ।

घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको निधन भएको हो । ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको निधन भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले भने ।

भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरुमा जनाइएको छ । भूकम्पले पु¥याएको क्षतिको वृस्तिृत विवरण सार्वजनिक हुन बाँकी नै छ ।

यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ । क्वादिस जिल्ला यसअघि पनि खडेरीका कारण प्रभावित भएको थियो ।

भूकम्पको असर पाकिस्तान र भारतसम्म महसुस गरिएको थियो ।