१४ बैशाख २०८१, शुक्रबार

नेपालको १०० रन पूरा

Paras Khadka Malaysia

आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १०० रन पूरा गरेको छ ।

नेपालका लागि ओपनरमा आएका कप्तान ज्ञानेन्द्र मल्लले ४५ रनमा खेलि रहेका छन् । उनीसँगै पारस खडकाले ३८ रन बनाएर आउट भए । मोहमद नदिमले पारस बलमा आउट भएका हुन् । यस्तै सुवास खकुलेरले २२ रन बनाएर आउट भए । सुवास मोहमद नदिमको बलमा एलबीडब्लु आउट भएका हुन् ।

२३ ओभरको समाप्तीमा नेपालले एक विकेट गुमाएर १०७ रन पूरा गरेको हो ।

घरेलु मैदानमा भएको पहिलो खेलमा १८ रनले पराजित भएको आजको खेलमा जित निकाल्ने योजना छ । आजको खेलमा पनि नेपाल जित निकाल्दै सिरिजमा आफूलाई बलियो बनाउने योजनामा छ । ओमानलाई पारजित गर्न सकेमा नेपाललाई अघिल्लो चरणका खेलहरुमा सहज हुनेछ । उता ओमान पनि नेपाललाई लगातार दुई खेलमा हराउने योजनामा छ ।