७ बैशाख २०८१, शुक्रबार

कोरोनाबाट मृत्यु हुनेको संख्या ८०५ पुग्यो, ३४ हजार बढी संक्रमित

3D medical animation corona virus

चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्याले यसअघि सार्सबाट मृत्यु हुनेको संख्यालाई समेत उछिनेको छ । यसअघि सन् २००२/३ मा फैलिएको सार्सको प्रकोपका कारण ७७४ जनाको ज्यान गएको थियो ।

चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसले शनिबारसम्म चीनमा ८०३ सहित जम्मा ८०५ व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले चीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ ।

विभिन्न २८ देशमा फैलिसकेको कोरोना भाइरसको ३४ हजार ८ सयमा संक्रमण फैलिएको छ । अहिलेसम्म १ हजार ५४० जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका बीबीसीले जनाएको छ ।

चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करीव २७० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ ।

नेपाल पनि कोरोनाको जोखिममा रहेकाले सर्तक रहन विज्ञहरुले सुझाव दिएका छन् ।