१४ बैशाख २०८१, शुक्रबार

रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुँदैन : राजकिशोर यादव

1616156606 4udOF

जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले रेशम चौधरी सरकारको लेनदेनको विषय बनाइन नहुने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चौधरी रिहाईको कुरा गर्दा सरकारमा लेनदेनको विषय बनाइएको बताए । उनले सिके राउत र नेत्र विक्रम चन्द विप्लवसँगजस्तै थरुहट आन्दोलनका आन्दोलनकारीसँग पनि राजनीतिक व्यवहार गर्न माग गरे ।

“रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुँदैन । त्यो शर्तको रुपमा बुझ्नुहुँदैन । नत्र त्यो राजनीतिक बेइमानी हुन्छ । त्यो राष्ट्रिय समस्या हो । राजबन्दी हो । राजबन्दीसरह व्यवहार गरिनुपर्छ ,” उनले भने । सांसद यादवले सिके राउत र विप्लवसँगजस्तै थरुहट आन्दोलनका आन्दोलनकारीहरुसँग राजनीतिक समस्या जसरी समाधान हुन्छ, त्यसरी समाधान गर्नुपर्ने उनको भनाई थियो ।