१४ बैशाख २०८१, शुक्रबार

भाजपा प्रवेश गरे रामायणका ‘राम’ अरुण गोविलले

Arun Govil 1

पश्चिम बंगालमा हुन लागेको विधानसभा चुनावअघि अभिनेता अरुण गोविल बिहीबार भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन् । चर्चित टेलिभिजन सिरियल रामायणमा भगवान रामको भूमिकाका लागि उनी चिनिन्छन् ।

हिन्दी भाषाको लोकप्रिय धार्मिक धारावाहिक ‘रामायण’ मा भगवान रामको भूमिका निर्वाह गरेर उनी दर्शकमाझ लोकप्रिय भएका कलाकार हुन् ।

उक्त अवसरमा मिडियासँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘ममताजीलाई ‘जय श्री राम’ को नारासँग अप्ठ्यारो भइरहेको छ । तर यो नारा होइन यो उद्घोष हो, हाम्रो जीवन हो । यो मेरो जीवनका लागि ‘ट्रीगर प्वाइन्ट’ जस्तै साबित भयो ।’

Arun Govil