१२ बैशाख २०८१, बुधबार

विवादास्पद टिप्पणी गर्ने भाजपा सांसद पक्राउ

Raja singh

भारतको दक्षिणी सहर हैदरावादमा प्रहरीले पैगम्बर मुहम्मदको बारेमा विवादास्पद टिप्पणी गरेको आरोपमा देशको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय सांसदलाई पक्राउ गरेको छ । ठाकुर राजा सिंहको टिप्पणीले ठूलो आक्रोश बढ्नुका साथै मुस्लिम समुदायबाट विरोध प्रदर्शन भएका छन् ।

दक्षिणी राज्य तेलंगानाको विधानसभामा दुई पटक विधायक बनेका सिंह प्रायः मुस्लिमविरोधी भाषणका कारण सञ्चार माध्यमको शीषर्क बनेका छन् । घृणा भाषण गरेको अभियोगमा दुई वर्षअघि फेसबुकले उनलाई प्रतिबन्ध लगाएको थियो । 

सिंहको विचार आफ्नै भएको र पार्टीको आधिकारिक धारणा विपरीत भएको जनाइएको छ । प्रहरीको प्राविधिक गल्तीका कारण अदालतले धरौटीमा रिहा गर्नुअघि सिंहलाई मंगलबारबार बिहान पक्राउ गरि केही समयपछि छोडिएको थियो । 

प्रहरीले प्रदर्शनकारीलाई शान्त हुन अपील गर्दै उनीहरूलाई पुनः पक्राउ गर्न लागेको बतायो । तर, प्रदर्शन जारी रहयो । बुधबार अबेर राति ठूलो संख्यामा मुस्लिमहरू सहरका विभिन्न भागमा भेला भएर नाराबाजी गर्दै ढुंगा हानेर सिंहको पुत्ला जलाए ।