१४ बैशाख २०८१, शुक्रबार

आजदेखि प्रशारण हुँदै ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन

the voice of Nepal season 3 EnpNLcDqj3 1

सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ आजबाट प्रशारण हुने भएको छ । यो सिजनको प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।

यो प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ४० हजारबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिने छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।

‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त शो प्रशारण हुने छ ।

यो पटक कोचमा एकजना परिवर्तन भएको छ । तृष्णा गुरुङलाई दर्शकले यो पटक नयाँ कोचका रुपमा देख्ने छन् । आस्था राउतको ठाउँमा गुरुङ प्रवेश गरेकी हुन् । अन्य तीन कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् ।