८ बैशाख २०८१, शनिबार

किरण गजमेरलाई राष्ट्रपति भण्डारीको बधाई

kiran gajmer 69

राष्ट्रपति विद्यादेवी भण्डारीले द भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता किरण गजमेरलाई बधाई दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले गजमेरलाई राष्ट्रपति भवनमा बोलाएर बधाई तथा शुभकामना दिनुभएको हो । राष्ट्रपतिलाई भेट्न र उहाँको शुभकामना पाउँदा आफूलाई खुसी लागेको गजमेरले बताउनुभयो ।

हिमालय टेलिभिजनको चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको सिजन थ्रीमा विजेता बनेका गजमेरलाई विभिन्न संघसंस्था र सुभेच्छुकले बधाई र शुभकामना दिइरहेका छन् ।

झापामा जन्मेका भूटानी शरणार्थी परिवारका किरण अमेरिकामा बस्दै आउनुभएको छ ।

    सम्बन्धित समाचार...