
फाइल फोटो
धनगढीको चौराहामा रहेको एक होटेलमा महिला मृत फेला परेकी छिन् । बुधवार श्रीमान् श्रीमती होटेलमा बास बसेकोमा महिला मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने,‘होटेलमा श्रीमान् सँगै बास बसेकी महिला मृत फेला परेकी छिन् । पुरुष होटेलमै छन् । हामीले घटनास्थल सुरक्षित गरेका छौँ,थप अनुसन्धान हुँदै छ।’