१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दार्चुलामा ७९ विद्यालयको आवेदन

Student 1
फाइल फोटो

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दार्चुलामा ७९ विद्यालयको आवेदन परेको छ ।

शैक्षिक सुधारका लागि जिल्लाका ९ वटै पालिकाका उक्त विद्यालयहरुले कक्षाकोठा मर्मत, भवन निर्माण, कम्प्युटर तथा सूचना प्रविधि, कम्प्युटर ल्याब, खेल मैदान तथा सामग्री, खानेपानीलगायतका शीर्षकमा आवेदन दिएको बताइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले विद्यालयको आवेदनपश्चात् पालिकाले निर्णय गरी सङ्घीय सरकारलाई पठाएको जनाएको छ ।