१३ बैशाख २०८१, बिहीबार

बन्द सीमानाका अझै खुलेन

boarder

संघीय सरकारले एक वर्ष अघि बन्द गरेको नेपाल–भारतको सीमा बन्द अझै खुला गरिएको छैन् । सीमा औपचारिकरुपमा बन्द रहेपनि अनौपचारिकरुपमा ओहोर दोहोर भइरहेको छ । दुवै देशको नागरिक मुख्यबाटो प्रयोग नगरेपनि सीमानाकाको छेउबाट विना रोकटोक आवत जावत गर्दै आएका छन् । मुख्यसीमा बन्द रहदा सवारीसाधन ओहोरदोहोर गर्न अहिले पनि बन्देज नै रहेको छ । बन्देजका कारण बिहेबारीको मौसम पनि प्रभावित बनेको छ ।

दुई देशका नागरिक विच भएको विवाहमा आगतजावत गर्न बढी भाडा तिर्नुपर्ने बाध्यता छ । नेपाल र भारतका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने व्यक्तीहरुको सदियौ देखिको सम्वन्धमा तिक्तता पनि देखिन थालेको छ । क्लोथ बैंक नेपालका अध्यक्ष राजीव झाका अनुसार नेपाल सरकारले नेपाल–भारत विचको सम्बन्ध बिगार्न र सीमावर्ती क्षेत्रका जनतालाई परेसान गर्नका लागि षडयन्त्रपुर्ण तरिकाले सीमा बन्द गरेको आरोप लगाए । उनले नेपाल–भारत बिच रहेको खुला सीमामा तारजाली लगाउन अभिप्रायले सीमा खोल्न नचाहेको उनको आरोप छ । जनता समाजवादी पार्टी नेपालकी नेतृ रम्भाकुमारी झाका अनुसार कोरोनाका कारण लामो समय देखिको सीमा वन्दका कारण दैनिक उपभोग्यका सामानहरु महगो हुन थालेको छ । कालोबजारी पनि बढ्दै गएको बताउदै सरकारले सीमावर्ती क्षेत्रका जनतालाई समस्या भइरहेको थाहा पाएपनि सीमा बन्द राखेको गुनासो गरिन् । यता प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सीमा खोल्नका लागि संघीय सरकारलाई सल्लाह दिएपनि सीमा खोल्न नमानेको आरोप लगाए ।

दुई देश विचमा हवाईयात्रा सुरु भइसकेको छ ,पैदलयात्रीलाई रोकटोक छैन्,वोर्डर खोल्नुपर्ने भन्दै संघीय सरकारलाई सल्लाह दिएको तर कुनै ठोस निर्णय नआएको बताउदै उनले भने, बेटिरोटीको सम्बन्धमा समस्या उत्पन्न भएको अवस्था छ अब धेरै ढिलो भयो अब चाहि तुरुन्त खोल्नुपर्ने छ । पौराणीक कालदेखि नै दुई देश बिचको खुला सीमा इतिहासमै लामो समय सम्म बन्द भएको पहिलो पल्ट भएको हो ।