
कैलालीको टीकापुरबाट प्रहरीले ५५ हजार बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका वडा न.७ दिव्यपुरस्थित खाली कच्ची घरको पछाडि अवैध रुपमा भन्सार छली ल्याएको सामान बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार बेवारिसे अवस्थामा राखिएको अन्दाजी. २१ हजार बराबरको पवन सुर्ती ३ सय पोका, अन्दाजी.२८ हजार ८ सय मूल्य बराबरको २४० केजी प्लाष्टिक झिल्ली, अन्दाजी ४ हजार ८ सय मूल्य बराबरको डवल स्क्रिन टफि ८० पोका र करिब ६ सय रुपैयाँ बराबरको पताञ्जलि टफि १५ पिस बरामद गरेको हो।
बरामद गरिएको सो सामान शुक्रबार नै सत्ती भन्सार कार्यालय टीकापुर पठाइएको प्रहरीले जनाएको छ।