१२ बैशाख २०८१, बुधबार

पानीमा तैरिएको अवस्थामा एक पुरुष मृत फेला

Death
फाइल फोटो

कैलालीको गेटामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

सडकछेउको नालामा पानीमा तैरिएका अवस्थामा शव फेला परेको हो । बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीको टोलीले शवलाई पानीबाट निकाल्ने काम गरिरहेको छ ।