१४ बैशाख २०८१, शुक्रबार

नेपाली चलचित्र क्षेत्रमा दृढ संकल्पसहित निरन्तर उदाउदै तेज गिरी

Tej Giri featured

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्धारा रचित ‘प्रश्नउत्तर’ कविताको ‘उद्देश्य के लिनु–उडी छुनू चन्द्र एक……’ भन्ने हरफ जस्तै छ उहाँको सोच र सपना पनि जो कोही मानिस आफ्नो लक्ष्य उदेश्य अनि गन्तव्यमा पुग्नका लागि ठोस योजना बनाएर दृढ संकल्पसहित निरन्तर लागि नै रहनुपर्छ । र त ढिला चाँडो सफल होइन्छ । ठिक यस्तै सूत्र अपनाइरहनु भएको छ।

उहाँले नेपाली चलचित्र क्षेत्रमा उदाए सँगै एकाएक चम्किने रणनीति बनाउनुभएका तेज गिरीको चर्चा हो यो

सानै देखी गीत–संगीत, खेलकुद र मोडलिङ भने पछि हुरुक्कै हुनुहुने बहुप्रतिभाका धनी स्कुलका विभिन्न कार्यक्रमहरुमा नाटकहरु प्रस्तुत गर्दै अभिनयमा होमिएका हेटौंडाका स्थायी बासिन्दा तेज गिरी विगत ३ बर्ष देखि राजधानी काठमाण्डांमौ कलाकारितामा जमेका छन् । त्यस अघि नेपालकै सुन्दर नगरी पोखरामारहँदा पनि कलाकारितामै रमेका थिए ।

Tej Giri

पोखरामा उनले रहँदा मिस्टर नेपाल २०१२ को अडिसनमा छनौट भएपछि १ महिनाको प्रशिक्षण मार्फत उत्कृष्ट ४ सम्मको यात्रा तय गर्दै अभिनय मार्फत उक्त प्रतियोगिताको मोस्ट ट्यालेन्टको उपाधी समेत जित्न सफल भए । मिस्टर नेपालमा उपाधी जित्न सफल भएपछि उनलाई २०६९ मा पहिलो पटक नेपाली कथानक चलचित्र “काले” मा अभिनय गर्ने अवसर मिल्यो ।

पहिलो चलचित्र लाई लिएर उनी अत्यन्तै उत्साहित थिए तर बिडम्बना त्यो चलचित्र आजको दिन सम्म पनि रिलिज हुन सकेको छैन । उनको पहिलो फिल्म रिलिज नहुँदै उनी भने स्थापित कलाकार बनिसकेका छन् । त्यसताका उनले धेरै म्यूजिक भिडियोहरुमा अभिनय गरे । ईन्दिरा जोशी, राजेश पायल राई, राजु परियार, रामभक्त जोजीजु लगायतका चर्चित गायकहरुका साथमा उनले लगभग डेढ दर्जन गीतमा अभिनय, तिनवटा विज्ञापनमा समेत काम गरिसकेका छन् ।

Tej Giri 3 1

त्यही सिलसिलामा गिरी स्पाईनी ब्याब्लर क्रियसनको प्रस्तुतीमा घनश्याम लामिछाने निर्देशित नेपाली कथानक चलचित्र “धौली”बाट सह-नायकको रुपमा डेब्यु गरे । त्यही चलचित्रबाट नै उनको अभिनयको चर्चा सुरु भएको हो । त्यसपछि उनले मुक्तिनाथ विकास बैंकको लगानीमा नेपालमै पहिलो पटक निमार्ण भएको वित्तीय साक्षरता सम्बन्धी चलचित्र “परिवर्तन”मा मुख्य भुमिकामा अभिनय गर्ने मौका पाए । यही चलचित्रले उनको उचाइ माथि पुर्‍यायो । उनले दिपेन्द्र के खनाल निर्देशित चलचित्र “लभ लभ लभ”मा पनि अभिनय गरे । ५ बर्ष उनले मोफसल (पोखरा)मा संघर्ष गरे । उनी त्यहाँ स्थापित पनि भइसकेका थिए ।

अरु अवसर खोज्दै उनी २०७३ मा काठमाण्डौ छिरे । काठमाण्डौ आएपछि नृत्य र अभिनयको प्रशिक्षण समेत लिएर अभिनय कलामा निखारता ल्याए । उनले पञ्चेवाजा, रनविर र गोपी चलचित्रमा विभिन्न किसिमका भुमिकामा अभिनय गरिसकेका छन् ।

यस क्रममा उनलाई हाल प्रर्दशनको तयारीमा रहेको हिरामणी ज्ञावली निर्देशित चलचित्र “यस्तो पो वडाध्यक्ष”मा मुख्य भुमिकामा अभिनय गर्ने अवसर मिल्यो । यो चलचित्र उनको वहुप्रतिक्षित चलचित्र हो । उनले अभिनय गरेका पात्र कस्ता छन् त भन्ने प्रश्नमा उनी भन्छन्ः ‘अहिलेको समसामयीक विषय वस्तुमा निमार्ण भएको यस चलचित्रले आम दर्शकको मन जित्नेमा ढुक्क छन्, चलचित्रले देश विकासको मुद्दालाई पृथक ढंगबाट उठान गरेको बताउछन् ।’

Tej Giri 1

उनको फिटनेश एक पटक हेरेपछि जो कोहि पनि मख्ख पर्छ । फिटनेशमा पनि उनी उत्तिकै बढी ध्यान दिने तेज आजभोलि उनी दैनिका २ घण्टा जिममा विताउछन् र फुर्सदको समय अध्ययन गर्छन् । उनले एमए सम्मको औपचारिक अध्ययन पुरा गरिसकेका छन् । उनी ५ फिट ९ ईन्च उचाइका फिटनेशमा अत्यन्तै आकर्षक देखिन्छन् ।

Tej Giri 1 1

उनी अभिनयमा मात्र नभई कुशल कार्यक्रम संचालक र प्रशिक्षक पनि हुन् । कार्यक्रम संचालन र प्रशिक्षणको दौरानका क्रममा उनले नेपालका ५८ जिल्ला घुमिसकेका छन्।

Tej Giri 4
Tej Giri 5
Tej Giri 6