१६ चैत्र २०८०, शुक्रबार

अमेरिका सम्पर्कविहीन उपमेयरको प्रस्टीकरण– ‘म लुकेकी छैन, बिरामी छु !’

darshan nepali

कालीकोट तिलागुफा नगरपालिका उपमेयर दन्ता नेपाली (दर्शना) सम्पर्कमा आएकी छन् ।

कात्तिकमा गोष्ठीका लागि अमेरिका पुगेर सम्पर्कविहीन भएकी नेपालीले आइतबार सामाजिक सञ्जालमा लामो स्ट्याटसले लेख्दै आफू नलुकेको बरु बिरामी भएर थला परेको प्रस्टीकरण दिएकी छन् ।

दर्शना गत कात्तिकमा इन्टरनेसनल सिटी मेनेजेर एसोसिएसन (आईसीएमए) ले आयोजना गरेको गोष्ठीमा भाग लिन अमेरिका पुगेकी थिइन् । गोष्ठी सकिएलगत्तै गम्भीर प्रकृतिको बिरामी परेको र उपचार गर्न समेत खर्च नभएकी बताएकी छिन् ।

गत नोभेम्बरदेखि निष्क्रिय रहेको फेसबुक एकाउन्ट खोल्दै उनले लेखेकी छन्, “म हराएको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रत्नबहादुर शाहीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।”

उनले ओह्रालो लागेको मृगलाई जसले पनि खेद्छ भन्ने लौकिक उक्तिको सहारा लिँदै बिरामी भएकाले बेला पनि नछाडिएको दुखेसो पोखेकी छन् । सम्पर्कविहीन नभएको बरु अमेरिकाबाट बार बार फोन गर्दा कार्यालय र मेयरको फोन नउठेको दर्शनाको गुनासो छ ।

दन्ताले तिलागुफा नगरपालिकाका प्रशासकीय अधिकृत र वडाध्यक्षसँग पनि सम्पर्क भएको तर कुनै प्रतिक्रिया नआएको बताएकी छन् ।

नगरको खर्चमा अमेरिका नगएको र अहिले सरकारको खर्चमा उपचार गर्ने कुनै चाहना नभएको उनको प्रस्टीकरण छ । “मैले सोचें म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिनँ । माग्दिनँ पनि । किनकि मलाई मेरो प्लेन टिकटको पैसा त दाजुहरू प्रभात, काशीप्रसाद पाण्डे, भाउजू सुनीता पाण्डेले हाल्नुभएको हो तेसैले मागिनँ,” उनले भनेकी छन् । उनले फेसबुकमा लेखिकि छन्

सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार !
म आराम छैन ।तपाईहरु आराम हुनुहुन्छ भन्ने बिश्वास छ
ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्न्थे हो रहेछ आज आयर बुझ्दै छु ।
१. म हरायको पनि छैन २. म कतै लुकेको पनि छैन ३.म मेयर Ratan Shahi जि लाई जानकारी नदियर पनि आयको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आयको हो ।
५. अमेरीका बाट बार बार फोन गर्दा कायालयमा सम्पर्क मेयर लाई गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकिय अधिकृत Uddhav Rijal जि संघ पनि कुरो भएको हो वार्ड अध्यक्षहरु सङ्ग पनि कुरो भएको हो ।कतै बाट केहि प्रतिक्रिया आयन
#सहयोग त झन कुरै भएन #अमेरिका आउदाको plane ticket पनि नगरले पैसा हालेको नभएर मैले पनि बार बार माग्ने जस्तो कति चोटि कल गर्नु ।
७.मेयर लाई मेरो के मतलब र याद हुने कुरो पनि भयन र बार बार भिख मागिन ।
८. मैले सोचे म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिन माग्दिन पनि किन कि मलाई मेरो plane ticket को पैसा त मेरो दाजुहरु Parbat Jee नेपाली र Kashi Prasad Pandey दाजु Sunita Pandey भाउजुले हाल्नु भएको हो तेसैले मागिन । तेस पछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहियन कसैले दिय पनि भनेको हो ।
९. अहिले म राम्रो सङ्ग बोल्न पनि सक्दिन अलि अलि चल्न सक्ने भएको छु यस्को सबै उपचार भारत कि डा . अञ्जीर कुमार ले गर्दै हुनुहुन्छ । म पुर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ ।
#तिलागुफाका जनताहरुको माया ममता म मा सधै छ र भैई राख्ने छ ।
#मैले नगर पालिका संघका महसचिव Bhim Prasad Dhungana जि लाई पनि भनेकै हो बरु उहाँ र हाम्रो Kalanidhi Devkota कार्यकारी अधिकृत नगर पालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो मलाई सरकारी पैसाको उपचार नगराउने भनेर चाहिदैन्न पर्दैन भने
#मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ ।
#जसरी भए पनि बाच्नै पर्ने देशमा रोगी नेता ले सबै पैसा सिधा्य पनि हामीले नै भन्ने फेरि म उपचार गर भन्न पनि मेरो नैतिकले दियन तेसैले मैले सहयोग मागिन गल्ती गरे माफ माउ
#जिन्दमा अरु केहि नजाने पनि मान्छ असल मान्छे कमाउन जानेकी छु मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई
१०. अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केहि छैन र मेरो स्वास्थ भन्दा ठुलो केहि छैन ।
#कृपया मलाई बाच्न दिनुहोस् #मबाचेत अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने ?
म दुनियाँ कै शक्तिशाली भए पनि केहि छैन मलाई ।
अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् के गर्ने हो गर्नुहोस्
मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला म लाई Responsibility बारेमा राम्रो सङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ ।
( लेख्न सहयोग : उषा कुमाई ।