१५ चैत्र २०८०, बिहीबार

अग्नि सापकोटविरुद्धको मुद्दामाथिको सुनुवाइ सर्‍यो, सभामुखमा निर्विरोध निर्वाचितकाे घोषणा गरिँदै

Agni sapkota 1

प्रतिनिधी सभा सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटको सुनुवाइ सरेको छ । न्यायाधीश हरि फुँयालले सापकोटाको मुद्दा हेर्न नमिल्ने भएपछि आजका लागि तोकिएको सुनुवाइ सरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालको इजालशमा परेको पेशीलाई हेर्न नमिल्ने भएपछि सुनुवाई स्थगित भएको हो । सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनु अघि फुँयालले कानुन व्यवसायीका रूपमा बहस गरेकाले मुद्दा हेर्न नमिल्ने भएको हो ।

सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा अब अर्को पेशी तोकिने छ । शुक्रबार त्रिपाठीले दायर गरेको रिटमा सापकोटा द्वन्द्वकालमा व्यक्ति हत्यामा संलग्न रहेको आरोप लगाउँदै पक्राउ गरेर अनुसन्धान गर्न पनि माग गरिएको थियो । त्यस्तै, सर्वोच्च अदालतको संवैधानिक इजलसमा र सत्य निरुपण तथा मेलमिलाप आयोग लगायतमा मुद्दा रहेकाले सभामुखमा निर्वाचित हुनबाट रोक्न त्रिपाठीको रिटमा माग गरिएको थियो ।

सर्वोच्चले मुद्दालाई हेर्न नमिल्नेमा राखेपछि सभामुखमा सापकोटा निर्विरोध निर्वाचित हुने पक्का भएको छ । आजै ३ बजे बस्ने प्रतिनिधिसमा बैठकले सापकोटालाई सभामुखमा निर्वाचित गर्ने तयारी छ । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको आरोप लगाउँदै तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

२०६२ वैसाख २१ गते माओवादीले अपहरण गरेको र सोही वर्षको असार दोस्रो साता हत्या गरिएको जाहेरी लामाकी श्रीमती पूर्णिमाया लामाले सापकोटा विरुद्ध उजुरी दिएकी थिइन् । मुद्दा अझै विचाराधिन छ ।