५ जेष्ठ २०८१, शनिबार

नेपाल आयल निगमको हवाई इन्धन आपुर्ती रोकियो

nepal oil corporation thankot

प्राविधिक कारण हुने चुवहाटको सीमासम्बन्धी व्यवस्था हटाउनुपर्ने सहित ८ बुँदे माग राख्दै हवाई इन्धन बोक्ने ट्यांकर चालकहरुले शनिबारदेखि भारतबाट हुने आयात र आन्तरिक आपूर्ति रोकेका छन् ।

निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार चालकहरुले विनियमावलीमा ५० लिटरभन्दा बढीको प्राविधिक चुहावट भएमा घटेको इन्धनको दोब्बर क्षतिपूर्ति भराउने व्यवस्था खारेजीको माग गरेका छन् ।

वार्तामा रहेका ट्यांकर चालकहरुलाई “चोरी हुँदा गरिने कारवाही गर्ने विद्यमान विनियम नै खारेज गने सकिन्न” भनेपछि उनिहरु काम रोक्छौं भनेर वार्ताबाट निस्किए लगतै आपूर्ति रोकिएको छ ।

निगम चालकले राखेका अन्य मागमा सकारात्मक रहेको तर तेल चोरी रोक्न राखिएको कडा व्यवस्था हटाउन नसकिने बताउँछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल दैनिक ५ लाख लिटर हवाई इन्धनको माग छ । देशका अन्य अन्तरिक विमानस्थलमा १५ देखि २० हजार हवाई इन्धनको माग छ । अरु एक-दुई दिन आपूर्ति ठप्प भए काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धनको अभाव सुरु हुनसक्छ ।