२६ बैशाख २०८१, बुधबार

डेटिङ एप “टिन्डर” ले प्यानिक बटन ल्याउँदै

tinder logo

टिन्डरले प्रयोगकर्ताको सुरक्षालाई सुधार गर्ने प्रयासमा प्यानिक बटन प्रस्तुत गर्ने योजना गरिरहेको छ ।वाल स्ट्रिट जर्नलका अनुसार नयाँ फिचर संयुक्त राज्यमा जनवरीको अन्त्यदेखि परीक्षण गरिनेछ ।

डेट जाँदा आफुलाई खतरा महशुस भएमा यो सुविधा प्रयोग गर्न सकिनेछ ।

उक्त बटनले आपतकालको स्थितिमा पुलिसलाई उक्त व्यक्तिको वास्तविक-समय र स्थान प्रदान गर्दछ।

टिन्डरको स्वामित्वकर्ता कम्पनी म्याच ग्रुप, जसले म्याच,ओ-के क्युपिड र प्लेन्टी अफ फिश्, चलाउदछ उसले कुनै डेटा वा व्यक्तिगत जानकारी विज्ञापनको लागि संकलना हुने छैन वा म्याच ग्रुपले नै कुनै किसिमबाट प्रयोग गर्दैन भनेको छ।

टिन्डरको यस सुरक्षा फिचर नूनलाइट भनिने तेस्रो-पक्ष एप ले ह्यान्डल गर्नेछ।