२२ बैशाख २०८१, शनिबार

विश्व क्रिकेट लिग खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा

nepal cricket team

नेपालमै आयोजना हुने आइसिसी विश्व क्रिकेट लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।पोखरामा एक हप्ताको प्रशिक्षणपश्चात् नेपाल क्रिकेट संघ क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।

कमलसिंह ऐरीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा सोमपाल कामी र वसन्त रेग्मी बाहिरिएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फेब्रुअरी ५ देखि १२ सम्म शृंखलासम्म हुनेछ।

नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल कप्तान, दीपेन्द्रसिंह ऐरी उपकप्तान, पारस खड्का, शरद भेषवाकर, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, अविनास बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल र ललित राजवंशी छन्। चार खेलाडी पवन सराफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतो वैकल्पिक रोजाईमा राखिएको छ।

नेपालको मुख्य प्रशिक्षक उमेश पटवाल, प्रशिक्षकमा जगत टमाटा र सहायक प्रशिक्षकमा वसन्त शाही छन्। विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल माघ २२ गते ओमानसँग खेल्नेछ। -रासस