१५ चैत्र २०८०, बिहीबार

उपाधि उचाल्ने लक्ष्य सहित टस हारेर ब्याटिङ गर्दै नेपाल

cric

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ । यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीले खेल्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्‍यो।

नेपालले शृंखलाको लिग चरणमा सत प्रतिशत जितसहित फाइनलको टिकट काटेको थियो । यस्तै, पिएनजीले भने तीन हार र एक जितसहित फाइनलमा स्थान बनाएको हो । नेपाल सन्दीप लामिछानेको कप्तानीमा पहिलो शृंखला जित्ने योजनामा छ ।