४ बैशाख २०८१, मंगलवार

माल्दिभ्स् पुगिन् जन्मदिन र एनिभर्सरी मनाउन प्रियंका कार्की (थप तस्बिर सहित)

priyanka karki 1

अभिनेत्री प्रियंका कार्कीले हिजो भब्य रुपमा आफ्नो जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ एकै साथ मनाएकी छन् । प्रियंका आफ्नो जन्म दिन मनाउनका लागि श्रीमान तथा अभिनेता आयुष्मान देशराज जोशी माल्दिभ्स पुगेका छन् ।

एक वर्ष अघि आजकै दिन बिवाह बन्धनमा बाँिधएका प्रियंका र आयुष्मानले यो साल माल्दिभ्स् पुगेका हुन् । उनीहरु एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर सार्वजनिक भएपछि थाहा भएको हो । गतबर्षको फागुण १६ गते बैबाहिक जीवनमा बाँधिएका प्रियंका र आयुष्मानले हनिमुन मनाउने मौका पाएका थिएनन् ।

154702211 2895511540771685 7222637466759076024 n

किनभने विवाह भएको महिना दिन नवित्दै कोरोना महामारीका कारण लकडाउन भएको थियो । लकडाउनका कारण उनीहरुले हनिमुन कहिले भन्ने प्रश्नको जवाफ दिन सकेका थिएनन् । लकडाउन खुलेसँगै जनजिवन सामान्य बन्न थालेपछि उनीहरु माल्दिभ्स् पुगेका हुन् ।
प्रियंकाले माल्दिभ्स् पुग्नुलाई सरप्राइजका रुपमा लिएकी छन् । उनले आयुष्मानलाई जन्मदिन र एनिभर्सरीमा यति ठूलो खुशी दिएको भन्दै धन्यवाद दिएकी छिन् । उनीहरु दुवैजना समुन्द्र सहतमा निकै रोमान्स गरेका तस्विहरु सोशल मिडियामा छाइरहेका छन् ।

एक समय यो जोडीले नेपाली फिल्म क्षेत्रमा पहिलो नम्बरमा नै उभ्याएका थिए । तर, विस्तारै फिल्म क्षेत्रमा उनीहरुको क्रेज घटेको देखिन्छ । प्रियंका अभिनित गत महिना रिलिज भएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ सुपर फ्लप भयो । यो फिल्म नचल्नुमा निर्माण पक्ष नै दोषि रहेको हल्ला चल्दै आएको छ । फिल्ममा प्रियंका र आयुष्मानको क्रेज खस्किए पछिसामाजिक संजालमा भने बढ्दो क्रममा नै रहेको छ ।

154337656 125382796177426 4317089957480485955 n
154359074 2837474533194236 7649992965622326993 n
154328948 279057683609481 2188354491360427259 n
154850554 863391140890908 1132629199964890285 n
154364072 423667962072683 2485079039567135764 n