१४ बैशाख २०८१, शुक्रबार

नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाईज क्रिकेट लिग: एभरेष्ट प्रिमियर लिग आगामि असोजमा

epl

नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाईज क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) आगामि असोजमा हुने भएको छ ।

आयोजक इपिएल प्रा.लि.ले आइतबार विज्ञप्ती जारी गर्दै नयाँ मिति सार्वजनिक गरेको हो । नयाँ मिति अनुसार इपिएल २०२१ सेप्टेम्बर २५ देखि अक्टोबर ९ (२०७८ असोज ९ देखि २३)सम्म चल्ने छ ।

गतवर्ष चैत १० गतेदेखी आयोजना हुने भनिएको इपिएल कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको थियो । नयाँ सार्वजनिक मितिलाई नेपाल क्रिकेट संघले अनुमति प्रदान गरेको आयोजकले जनाएको छ । इपिएलमा ६ टोलीहरु चितवन टाइगर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, भैरहवा ग्लाडीटियर्स, ललितपुर प्याट्रियट्स र बिराटनगर वारियर्स छन् ।