२१ बैशाख २०८२, आईतवार

लोकदोहोरी गीत सयको गुन तिरौला हजारैले सार्बजनिक

saya ko gooon

काठमाडौँ- ब्यापक चर्चित गीतहरु बजारमा सार्बजनिक गरिसकेका सर्जक तथा गायक बसन्त थापाको लोकदोहोरी गीत सयको गुन तिरौला हजारैले बजारमा सार्बजनिक भएको छ ।

केहि दिन अगाडी मात्र गीतको टिजर सार्बजनिक गरेका थापाले आज भने गीतको फुल भिडियो सार्बजनिक गरेका हुन् । गीतमा बसन्त थापा र बिष्णु माझीको आबाज रहेको छ ।

प्रल्हाद सुबेदीको शब्द टपक्क टिपेर गीतको लय बसन्त थापाले नै गरेका हुन् भने गीतको संगीत संयोजन आशिष अविरलले गरेका हुन् ।

पछिल्लो समयमा ब्यापक चर्चा कमाउन सफल मोडल सुनिल क्षेत्रि र मरिस्का पोख्रेलको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सुनिल क्षेत्रिले नै गरेका हुन् भने भिडियोको कोरियोग्राफर दिपक एम सिंहले गरेका छन् ।

भिडियोको कथा बसन्त थापाले नै गरेका हुन् भने भिडियोको छायांकन नबराज उप्रेतीले गरेका छन् । अभ्यास डिजिटल मार्फत सार्बजनिक गरिको भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल एण्ड फिल्म्सले गरेको हो ।

भिडियोको छायांकन कालिन्चोक आशपासमा गरिएको हो भने भिडियोको सम्पादन अमृत चापागाईको रहेको छ ।

पछिल्लो समयमा बसन्त थापाको ‘उही खोलीमा पानी‘ , ‘सालको पात‘।, ‘लोभी आँखा’, ‘बोकेझार‘ जस्ता निकै गीतहरु सबैको मन मुटुमा बस्न सफल भएका छन् ।