७ बैशाख २०८१, शुक्रबार

दंगाली भाषामा कोमल र प्रज्ञा वलीको ‘ऐच्यै चत्तेरी’ सार्वजनिक

200654336 10159413871173953 3087704723992844744 n

राष्ट्रिय सभा सांसद तथा गायिका कोमल वलीको शब्द रहेको गीत ‘ऐच्यै चत्तेरी’ सार्वजनिक भएको छ ।

 दंगाली भाषाको ‘ऐच्यै चत्तेरी’  शुक्रवार कोमल वली युट्युव च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।

गीतमा कोमलकी बहिनी प्रज्ञा वली ‘शरद’को स्वर तथा गोविन्द मधुर आचार्यको संगीत छ ।

गीतमा केशव बडुको एरेञ्ज तथा श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ ।

वसन्त निरौला निर्देशित भिडियोमा प्रज्ञा वली ‘शरद’, शरद चौलागाईं, प्रेमप्रकाश ओली, पुजा केसी, सबिना बुध थापा, करी कलाथोकी, सुरेन्द्र महर्जनको अभिनय छ ।

भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी, दिव्यराज सुवेदीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।

https://youtu.be/Y811-bhlXdk