१४ बैशाख २०८१, शुक्रबार

महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्नेबारे कांग्रेस केन्द्रीय समिति बैठक

Nepali Congress CC Meeting 2 1024x598 1

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक तीन बजेपछि सुरु भएको हो ।

बैठकमा कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न गरिएको नेताहरुले जानकारी दिएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका परिमार्जन गरेको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ गते हुने कार्यतालिकामा उल्लेख छ ।

बिहीबारको बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले महाधिवेशको संशोधित कार्यतालिका पेश गरेका थिए । संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन, साउन १६ मा गाउँ।नगर अधिवेशन र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।