१६ श्रावण २०७८, शनिबार

एमालेका तीन मन्त्रीद्वारा कर्णाली प्रदेश सरकारबाट राजिनामा

karnali minister e1620822256522

नेकपा एमालेका तीन मन्त्रीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको कर्णाली प्रदेश सरकारबाट राजिनामा दिनुभएकाे छ । मन्त्रीत्रय अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढाले राजिनामा दिनुभएकाे हाे ।

आज एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रीत्रयलाई राजीनामा दिएर प्रतिपक्षी भूमिकामा बस्न निर्देशन दिएको हो । सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्छ ।

दलका नेता कँडेलले सर्वोच्च अदालतको आदेशमा संसदीय दलको सदस्यका रुपमा पुनस्र्थापित गरी वैशाख १ गते र आजको बैठकमा पटक–पटक बोलाउँदा पनि अनुपस्थित भई दलीय व्याख्याको आचरणविरुद्ध माओवादी नेतृत्वको सरकारमा सहभागी रहेकाले तत्काल राजीनामा दिई संसदीय दलको सदस्यका रुपमा भूमिका निर्वाह गर्न निर्देशन दिने निर्णय भएको बताउनुभयो ।

त्यस्तै बैठकले संसदीय दलका नेता कँडेललाई प्रदेशसभा सदस्यलाई गरिएको कारबाहीका सम्बन्धमा सर्वोच्च अदालतले गत जेठ ३१ गते पठाएको पत्रअनुसार लिखित जवाफ दिने निर्णय गरेको छ ।