१५ चैत्र २०८०, बिहीबार

१५ करोड पटक हेरिने पहिलो नेपाली कीर्तिमानी गीत ‘कुटुमा कुटु’, सर्वाधिक हेरिएका १० नेपाली गीत

1495976608 nischal swastima

नेपाली फिल्म ‘२ रुपैयाँ’को गीत ‘कुटमा कुटु…’ले भिडियो साझेदारी साइट युट्युवमा सर्वाधिक पटक हेरिने नेपाली गीतको कीर्तिमान राखेको छ ।

युटुब नेपालमा चर्चामा आएसँगै गीतसंगीतको सफलताको मापन यही प्लेटफर्म बन्ने गरेको छ । हिजोआज, गीतको युटुब भ्यूजको आधारमा त्यसको सफलताको मापन गरिन्छ । दर्शक तथा श्रोताले रुचाएका गीतले छोटो समयमा करोडौ भ्यूज पाउने गरेका छन् ।

२०१७ को मे २८ मा रिलिज ‘कुटुमा कुटु’ बोलको गीतले भ्यूजको रफ्तारलाई छाडेको छैन । यो समाचार तयारी गर्दा सम्म १५ करोड एक लाख ९० हजार एक सय ४९ पटक यसलाई हेरिएको छ । नेपाली र गैरनेपाली दर्शक तथा श्रोताबीच पनि लोकप्रिय बनेको यो गीतमा राजनराज शिवाकोटीले संगीत भरेका हुन् । १५ करोड पटक भन्दा बढी हेरिने यो पहिलो नेपाली गीत हो ।

यो गीतमा राजनराज, राजन इशान र मेलिना राइले स्वर भरेका छन् । भिडियोमा नायिका स्वस्तिमा खड्का, निश्चल बस्नेत र असिफ शाहको नृत्य छ ।

‘कुटुमा कुटु’ गीतका विदेशी भर्सन पनि रिलिज भएका थिए । आज पनि विभिन्न कार्यक्रमदेखि टीकटक लगायतका सामाजिक सञ्जालमा हिट बनेको यो गीतमा टन्नै कभर गीत पनि निर्माण भएका थिए ।

दोस्रो स्थानमा टीका प्रसाइँले गाएको ‘माया लुकलुकी’ छ जसलाई १० करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ । अहिलेसम्म युट्युवमा १० करोडभन्दा बढी पटक हेरिएका यी दुई गीत हुन् ।

यी हुन सर्वाधिक हेरिएका १० नेपाली गीत (समाचार तयारी गर्दा सम्मको तथ्यांक)

१) कुटुमा कुटु- १५ करोड १ एक लाख ९० हजार ४९
२) माया लुकुलुकी- १० करोड ६१ लाख १० हजार ३ सय ४६
३) पिरिम नलाउने- ७ करोड ८२ लाख ८६ हजार १ सय २७
४) साली मन पर्‍यो- ७ करोड ४१ लाख ४३ हजार १ सय ५९
५) सालको पात टपरी- ६ करोड ९८ लाख ५४ हजार १ सय ९९
६) गोजीमा दाम छैन- ६ करोड ९६ लाख ४३ हजार ६ सय १०
७) नाच फिरिरी- ६ करोड ८८ लाख ६२ हजार ८ सय १५
८) माया बिरानी- ६ करोड ५७ लाख ६९ हजार १ सय ५९
९) कसरी कसरी (२)- ६ करोड ३८ लाख ३ हजार ५ सय ३४
१०) फुलबुट्टे सारी- ५ करोड ७२ लाख ८७ हजार २ सय ५४