७ जेष्ठ २०८१, सोमबार

चीनबाट बिदामा आएका नेपाली विद्यार्थीमा कोरोना भाइरस भेटिएको पुष्टि

coronavirus

नेपालमा नोबेल कोरोना भाइरस देखिएको छ।

‘नोबेल कोरोना भाइरस’का शंकास्पद बिरामीको रगत र र्‍यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका बिरामी नेपाली विद्यार्थीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो। उनी चीनको वुहानबाट छुट्टीमा नेपाल फर्किएका थिए।

नेपालमा परीक्षण गर्ने उपकरण नभएकाले उनको नमूना विदेश पठाइएको थियो।